विनोद शाही मृत्यु प्रकरण

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अदालतबाट २ दिनको म्याद थप

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् ।

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।

गत वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पर्नेमा अधिकांश स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरू परेका छन् ।

विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

प्रकाशित : असार १९, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?