कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बजेटका पक्षमा उभिन माओवादीको निर्देशन

सत्तारूढ दल कांग्रेस र एकीकृत समाजवादीका सांसदहरूको बजेटप्रति असन्तुष्टि
अर्जुन शाह

धनगढी — सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रको संसदीय दलले शनिबार बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश सभा बैठकै बस्न नसकिरहेको अवस्थामा माओवादीले आफ्ना सांसदहरुलाई उक्त निर्देशन दिएको हो ।

बजेटका पक्षमा उभिन माओवादीको निर्देशन

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रम विवादको घेरामा छ ।

प्रदेश सभा सचिवालयले यसअघि तीन पटक बैठकको कार्यसूची तयार गरेको भए पनि सत्तारूढ दलहरू माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीकै सांसदको विरोधका कारण बैठक सुरु नै हुन सकेको छैन । बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । ‘संसदीय दलको बैठकले बजेटका पक्षमा उभिन र पारित गर्न निर्देशन गरेको छ,’ माओवादी केन्द्रकी सांसद कुन्ती जोशीले भनिन् ‘बजेट संशोधन हुने कुरा छैन ।’ माओवादी केन्द्रकै अर्का सांसद महेशदत्त जोशीले बजेटमा केही प्राविधिक त्रुटिहरु भएको स्वीकार गरेको बताए । उनका अनुसार पनि बजेटका पक्षमा एकमत भएर उभिने संसदीय दलको निर्णय छ ।

यता सत्तारूढ दल कांग्रेस र एकीकृत समाजवादीका सांसदहरुको भने बजेटप्रतिको असन्तुष्टि कायमै छ । मन्त्रीहरु स्वयं पनि बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै सच्च्याएर अघि बढ्नुपर्ने बताइरहेका छन् । सत्तारूढ दल कांग्रेसका सांसद भरतबहादुर खड्काले यथास्थितिमा बजेट पारित नगर्ने बताए । ‘अहिलेका मान्छे त प्रदेशै बेचेर खानेजस्ता देखिए,’ सांसद खड्काले भने ‘अहिले रोक्न सकिएन भने बर्बाद हुन्छ ।’

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाखभन्दा बढीको बजेट ल्याएको छ । जसअन्तर्गत चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको छ ।

प्रकाशित : असार १८, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?