कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा परी दार्चुलामा १ जनाको मृत्यु

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिका-६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर एवम् सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी खटिएको छ ।


प्रकाशित : असार १८, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?