१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बैतडीमा अटो र मोटरसाइकल ठोक्किँदा ५ जना घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । बुधबार दिउँसो महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका—६ को बांगाबगरमा अटो र मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परी अटो र मोटरसाइकल चालक र अटोमा सवार ३ जना यात्रु गरी ५ जना घाइते भएका प्रहरीचौकी गोकुलेश्वरका इन्चार्ज नरेन्द्र धामीले बताए ।

उनका अनुसार घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था खतरामुक्त्त रहेको उनले बताए ।


प्रकाशित : असार १५, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?