बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

रासस

काठमाडौँ — बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

प्रकाशित : असार १५, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?