२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई पक्राउ

रासस

काठमाडौँ — बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उजुरी दिएकै दिन जिल्ला अस्पतालमा पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

प्रकाशित : असार १५, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?