बलात्कारको आरोपमा शिक्षक पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्युा गाउापालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए ।

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाले बताए ।

प्रकाशित : असार १४, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?