३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दार्चुलाका विभिन्न स्थानमा पहिरोले सडक अवरूद्ध

मनाेज बडु

दार्चुला — जिल्लाका विभिन्न स्थानमा सोमबार रातिदेखि परेको पानीका कारण पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । खलंगा- दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक अवरूद्व छ । सडक अवरूद्व हुँदा काटै, मुल्ला, मैखाेली, दल्लेक लगायत नाैगाड गाउँपालिकाका विभिन्न ठाउकाे आवागमन राेकिएकाे छ । 

दार्चुलाका विभिन्न स्थानमा पहिरोले सडक अवरूद्ध

त्यस्तै उक्त पहिराेले सदरमुकाम खलंगा लगायत क्षेत्रकाे खानेपानी अवरुद्ध भएको छ। विगत महिनौदेखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ।

सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला-बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ।

त्यसैगरी महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेकाे पहिराेले अवरूद्व महाकाली राजमार्ग ९ बजेपछि खाेलिएकाे छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए ।

प्रकाशित : असार १४, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?