कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रासस

काठमाडौँ — कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर विष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्‍याएका थिए । क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ ।

प्रकाशित : असार १४, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको सोमबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिए ।

सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताए । दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार १४, २०७९ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×