१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दार्चुलाका ५१ खाद्यान्न पसलमा अनुगमन

दार्चुला — जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरका पसलहरूमा शनिबार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।

दार्चुलाका ५१ खाद्यान्न पसलमा अनुगमन

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार र शैल्यशिखर–५ बगौरा बजारका विभिन्न पसलहरूको अनुगमन गरिएको साउदले बताइन् । बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता ठगिने क्रम रोक्ने उद्देश्यले बजार अनुगमन गरिएको उनको भनाइ छ । ‘दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गराउने अर्को उद्देश्य हो,’ उनले भनिन् । खाद्य तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरणमा तीव्रता आएको सूचना आएपछि अनुगमन गरिएको उनले बताइन् । ‘पहिलो चरणमा सकारात्मक सन्देश दिने हिसाबले बजार अनुगमन गरिएको हो,’ उनले भनिन् । टोलीले शैल्यशिखर नगरपालिकाका ५१ वटा खाद्यान्न पसलहरूमा अनुगमन गरेको जनाएको छ ।

पसल अनुगमनबाट ५४ हजार राजस्व संकलन भएको र २५ हजार रुपैयाँ बराबरको अखाद्य वस्तुसमेत बरामद गरेको उनले जानकारी दिइन् । उनका अनुसार अनुगमनमा म्याद गुज्रिएका सामानहरू फेला परेका, पसलमा मूल्यसूची नराखिएको, होटलहरूमा पनि अखाद्य वस्तु फेला पारिएको छ ।

प्रकाशित : असार १३, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?