भीमदत्तको बजेट १ अर्ब ८४ करोड 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८४ करोडको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न ११ औं नगरसभाले नगरको नीति तथा कार्यक्रम पारित भएसँगै बजेट प्रस्तुत गरिएको हो । 

मंगलबार सुरु भएको नगरसभामा नगर उपप्रमुख निलम लेखकले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । कार्यपालिका सदस्यहरुले अध्ययनपश्चात् शुक्रबार संशोधनसहित नीति, कार्यक्रम पारित गरिएको हो । नगरसभाले अधिकांश पुरानै योजनाहरुलाई निरन्तरता दिएको छ । 'एक वडा एक खेल मैदान', 'एक वडा एक उद्यम', 'दक्ष महिला समृद्ध परिवार', उत्कृष्ट व्यावसायिक किसान नगरको सानजस्ता आकर्षक योजनाहरु अघि सारिएका छन् । यीमध्ये केही पुरानै योजना हुन् भने केही नयाँ पनि छन् । नीति तथा कार्यक्रममा नगर प्रमुख बोगटीले २५३ वटा योजनाहरु प्रस्तुत गरेका हुन् ।

भीमदत्त जिल्लाकै पुरानो र सदरमुकामसमेत भएको नगरपालिका हो । नगरपालिकाले आन्तरिक राजस्वबाट २३ करोड बढी संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : असार १०, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?