कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केआई सिंह गाउँपालिकाले ल्यायो ४० करोडको बजेट

कृषिमा आत्मनिर्भर बन्नेदेखि विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेसम्मका योजना
मोहन शाही

डोटी — केआई सिंह गाउँपालिकाले ११औं गाउँसभामा आर्थिक वर्ष ०७८/०७९ का लागि ४० करोड ६३ लाख ५८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष मिना विष्टले गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

केआई सिंह गाउँपालिकाले ल्यायो ४० करोडको बजेट

एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि गाउँपालिकालाइ ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउने सम्मका योजना ल्याएको छ ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भने सभाले पारित गरेको छ । हरेक वडामा एउटा नमुना विद्यालय बनाउने, एकमात्र कृषि विज्ञान पढाइ हुने विधालयमा अध्ययनरत गाउँपालिकाभित्रका सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, पालिकालाई सुशासनमैत्री बनाउनेलगायतका कार्यक्रम समेटेर गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित : असार १०, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?