बुढीगंगामा असार २३ मा पुनः मतदान- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगंगामा असार २३ मा पुनः मतदान

अर्जुन शाह

धनगढी — वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि जिल्ला तहका दुवै पक्षका नेताहरु बिहीबारको बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन् ।

निर्वाचन आयोगले यसअघि नै बुढीगंगामा पुनः निर्वाचन गर्ने निर्णय गर्दै मिति तोक्ने अधिकार जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयलाई दिएको थियो ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बुढीगंगामा पुनः निर्वाचन हुने मिति तोकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । यसअघि निर्वाचनको मिति तोक्नका लागि बसेका चार वटा बैठकमा निष्कर्षविहीन भएका थिए ।

वैशाख ३० गतेको मतदानका क्रममा बुढीगंगाका १० वडामध्ये ६ वटा वडामा स्वतन्त्र र निष्पक्ष मतदान हुन सकेको थिएन ।

बुढीगंगा नगरपालिकाको कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरीहरु । तस्बिर : अर्जुन शाह


प्रकाशित : असार २, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

नोकिया जी २१ स्मार्टफोन नेपाली बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । यो एन्ड्रोइड स्मार्टफोनमा तीन दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको कम्पनीको दावी छ । सुपर ब्याट्री सेभर मोडको सुविधा यसमा छ । 

एसिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले बनावट मात्र बलियो नभई यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको दाबी गरे । ‘ओएसमा २ वर्ष र सेक्युरिटी अपडेट ३ वर्षसम्म गर्न मिल्ने हुनाले धेरै पछिसम्म पनि नयाँ फोन चलएको आभास हुन्छ’ उनल भने । नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सक्छ ।

भर्सटायल ट्रिपल–लेन्स क्यामेराको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सबाट बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिने कम्पनीले जनाएको छ । यो नयाँ फोन कडा पोलीकार्बोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको कम्पनीको दावी छ । ६/१२८ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।


प्रकाशित : असार २, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×