विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
मेनुका ढुंगाना

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । विनोद शाहीको हत्या अभियोगमा ४ जना प्रकाउ परेका छन् ।

विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनीहरूलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।

प्रकाउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ । ‘शवको पोस्टमार्टम गराउनु नै पहिलो पाटो हो । यो घटनामा राजनिति जोडिएकाले दोषी उम्किने सम्भावना पनि हुन्छ । अनुसन्धानलाई मासबाट प्रभावित पार्नु हुँदैन,’ पाण्डेले भने ।

‘छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?’

जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका हुन् । नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ । पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो । न्याय माग्दै मृतकका आफन्तले लगातार विनायकमा आन्दोलन गरिरहेका छन् ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युबारे तत्काल सरकारका नाममा रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ २५, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?