३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कञ्चनपुरको शुक्लाफाँटामा एमालेका महरा र कांग्रेसकी जोशी निर्वाचित

भवानी भट्ट

कन्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् । 

कञ्चनपुरको शुक्लाफाँटामा एमालेका महरा र कांग्रेसकी जोशी निर्वाचित

निर्वाचन आयोगका अनुसार शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार महरा ६ हजार ७ सय ७३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चिन्तामणि भट्टलाई ५ सय ९ को मतान्तरले पराजित गरेका हुन् । पराजित भट्टले ६ हजार २ सय ६४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २ सय २५ मत प्राप्त गरेका थिए ।

यस्तै, शुक्लाफाँटाको उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्‍पनाकुमारी जोशी ६ हजार ५ सय १९ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार माधवप्रसाद पन्तलाई पराजित गरेकी हुन् । पन्तले ५ हजार ३ सय ६० मत ल्याएका थिए ।

मेयर जितेको एमाले उपमेयरमा भने तेस्रो स्थानमा रह्यो । एमालेका उपमेयरका उम्मेदवार ५ हजार २ सय ३६ मत प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?