कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गेरुपानी सडक खण्डमा बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता, १२ घाइते

डाेटी — यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनकाे अवस्था गम्भीर रहेकाे छ ।

गेरुपानी सडक खण्डमा बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता, १२ घाइते

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको डाेटी प्रहरीले जनाएको छ ।

घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।

तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?