कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेक नजिकै मोटरसाइकल र जिप ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ५ धरमपुरका गणेश बम र भुतेश बमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार शुक्रबार राति महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से १ च ४४८ नम्बरको जिपले धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ६८९३ नम्बरको मोटरसाइकललाई अर्जुनी नजिकै ठक्कर दिएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बमद्वयको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७९ २३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?