कैलालीको गौरीगंगामा माओवादीका कँडेल र कांग्रेसका बम निर्वाचित- सुदूरपश्चिम - कान्तिपुर समाचार

कैलालीको गौरीगंगामा माओवादीका कँडेल र कांग्रेसका बम निर्वाचित

कान्तिपुर संवाददाता

कैलाली — कैलालीको गौरीगंगा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवीदत्त कँडेल र उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् । कँडेलले १३ हजार ७९५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रत्यासी नेकपा एमालेका पदमसिंह सिंङ्गालले ६ हजार ६३२ मत पाए । त्यस्तै, उपमेयरमा कांग्रेसका बलमे ११ हजार २८१ मतसहित विजयी भए ।

एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत प्राप्त गरिन् । यहाँ कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन थियो ।


प्रकाशित : जेष्ठ ६, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीकी बोगटी विजयी

कृष्ण थापा

नुवाकोट — स्थानीय तह निर्वाचनमा नुवाकोट सदरमुकामको पुरानो नगरपालिका विदुरमा ३० वर्षपछि गठबन्धनले एमालेको गढ भत्काइदिएको छ । २०४९, २०५४ र २०७४ सालमा जितेको एमालेको विरासतलाई गठबन्धनले भत्काइदिएको हो । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् ।


श्रेष्ठ १५ हजार ८२६ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा बोगटीले १२ हजार ६८० मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्जु पण्डितले १२ हजार १५४ मत ल्याएर पराजित भएका छन् । पण्डितलाई श्रेष्ठले ३ हजार ६७२ मतान्तरले पराजित गरेका हुन् ।

उपमेयर बोगटीले निकटतम प्रतिद्वन्द्वी अम्बिका पौडेल नेपाललाई ८६५ मतान्तरले पराजित गराइन् । बोगटी स्व.पोष्टबहादुर बोगटीकी कान्छी छोरी हुन् । उनी द्वन्द्वकालदेखि राजनीतिमा लागेकी थिइन् । उनका दाइ रविले द्वन्द्वकालमा ज्यान गुमाएका थिए भने दिदी लुम्बिनी प्रदेशमा राजनीतिमा सक्रिय छिन् ।

२०७१ भदौमा बुवा पोष्टबहादुरको हृदयघातका कारण निधन भएपछि उनको पदचाप पछ्याउँदै प्रभा पत्रकारिता छाडेर राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×