काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका हुन् ।

प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित गरेका हुन् । लामाले ११ हजार २ सय ११ र भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।

अहिले प्रमुखमा निवार्चित लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुखमा नै एमालेका टंकप्रसाद (टिपी) शर्मासँग ३ सय ८५ मत अन्तरले पराजित भएका थिए । एमालेका शर्माले ५ हजार ३ सय ४६ मत ल्याएर निर्वाचित हुँदा लामाले ४ हजार ९ सय ६१ मत ल्याएका थिए ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित भएका छन् । लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेकी छन् ।

अहिले उपप्रमुखमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा नगर प्रमुख पदमा तेस्रो भएका थिए । एमालेका शर्माले ५ हजार ३ सय ४६ मत ल्याएर निर्वाचित हुँदा लामाले ३ हजार ८ सय ६७ मत प्राप्त गरेका थिए ।

कांग्रेसले वडा नं २? ३, ५, ६ र ९ गरी ५ वडा, एमालेले वडा नं ४, ८ र ११ माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

योसँगै काभ्रेका १३ वटा पालिकामध्ये ३ वटामा गठबन्धनतर्फका उम्मेदवार विजयी भइसकेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेट विश्वकप लिग २ मा भाग लिन अमेरिका जाने नेपाली टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनील धमला, आदिल अन्सारी र किशोर महतोलाई समेट्दै नेपालले अमेरिकामा हुने क्रिकेट विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । तीनै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न बाँकी छ । 

जिम्बावे ‘ए’ सँग हालै सम्पन्न शृंखलाको अन्तिम खेलमा ५ विकेट लिँदै मध्यम गतिका बलर किशोरले लिग २ का लागि आफ्नो दावेदारिता प्रस्तुत गरेका थिए । सुनील र आदिलले पनि जिम्बावे ‘ए’ सँगको खेलमा मौका पाएका थिए । आदिललाई मलेसिया र पपुवा न्युगिनीसँगको त्रिदेशीय ट्वान्टी–२० शृंखलामा मौका दिइएको थियो, जहाँ उनले आक्रामक ब्याटिङ गरेका थिए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली टोलीमा समावेश गरिएको छैन । अमेरिकामा मार्चमा भएको डिभिजन २ प्रतियोगितादेखि ज्ञानेन्द्रलाई नेपाली टोली बाहिर राखिँदै आएको छ । उनीबिनै नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय, मलेसिया, पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र जिम्बावेसँगको शृंखला खेलेको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहने अमेरिका जाने लिग २ को टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील, देव खनाल, आदिल, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल छन् ।

लिग २ अमेरिका टेक्सास राज्यको हजटनमा जुन ६ देखि १६ सम्म हुनेछ । अमेरिका र ओमानसम्मिलित लिग २ मा नेपालको यो चौथो शृंखला हो, जसमा नेपालले ६ खेलमा जित र ६ खेलमा हार बेहोर्दै सहभागी ७ टोलीमा छैटौं स्थानमा छ । नेपालले अमेरिकामा ओमानविरुद्ध जुन ९ मा, अमेरिकासँग ११ मा, ओमानसँग १४ मा र अमेरिकासँग जुन १५ मा खेल्ने छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×