अछामको चौरपाटीमा कांग्रेसका साउद विजयी

अछाम — चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा १ मतले पराजित भएका थिए । यसपटक भने उनले १ हजार ४८६ मतान्तरले जितेका छ्न्। उनले ३ हजार ९८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाए ।

निवर्तमान अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाए । उनी ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए।
अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसकी सरदेवी खड्का विजयी भइन् । खड्काले ३ हजार ७३४ मत पाइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरिन् ।
७ वडा रहेको चौरपाटीमा ४ वडामा कांग्रेस र २ वडामा नेकपा एमालेले जितेका छन्।
वडा नं १ मा कांग्रेसका बिरबहादुर थापा, वडा नं २ मा काग्रेसका रणबहादुर साउद, वडा नं ३ मा एमालेका बिरेन्द्रबहादुर साउद, वडा नं ४ मा कांग्रेसका लालबहादुर धामी, वडा नं ५ मा कांग्रेसका हिमकर्ण खड्का, वडा नं ६ मा एमालेका डबलबहादुर खड्का र वडा नं ७ मा एमालेका ललित बोगटीले जितेका छन्।
प्रकाशित : जेष्ठ २, २०७९ २०:२४