दार्चुलामा माइक्रो बस दुर्घटना : ३ जनाको मृत्यु


दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। गोकुलेश्वरबाट पनेबाज जाँदै गरेको म १ ज २७७ नम्बरको माइक्रो बस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक प्रकाशसिंह धामी तथा यात्रु नवीनसिंह धामी र हरीश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो बस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको बताइएको छ ।
तीन जना स्थानीयको ज्यान गएपछि ग्वानी गाउँ शोकमा डुबेको छ ।
प्रकाशित : जेष्ठ २, २०७९ १४:३७