बझाङको बुंगल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एस विजयी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङको बुंगल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एस विजयी

वसन्तप्रताप सिंह

बझाङ — बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपालीका कांग्रेसका जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका  धनबहादुर बोहरा विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् । यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।

गठबन्धनले ११ वडा रहेको नगरपालिकाका ८ वडामा पनि विजय हासिल गरेको छ भने ३ वडा स्वतन्त्र उमेदवारले जितेका छन् । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहरा, वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रकै बिरे धामीले जितेका छन् ।

वडा नम्बर ३ को वडाध्यक्षमा धर्मराज जोशी, वडा नम्बर ४ मा गणेश कार्की विजयी भएका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेसका उम्मेदवार हुन् । वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निराजन कुँवर, ६ मा स्वतन्त्र उम्मेदवार राम देवार र वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशी, वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार लोकेन्द्र जाग्री, वडा नम्बर ९ मा नेपाली कांग्रेसका हरीश सिंह, १० मा नेपाली कांग्रेसकै प्रेम ओखेडा र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बुङगलले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ २, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगञ्ज–२० को वडाध्यक्षमा कौशलकुमार धोबी निर्वाचित 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका –२० को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) कौशल कुमार धोबी निर्वाचित भएका छन्  । उनले १ हजार ५ सय ३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ ।

यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो । यसपटक भने अल्पसंख्यक समुदायबाट उम्मेदवार बनेका धोबीले जितेका हुन् । उनीसँग नेकपा एमालेका कृष्ण कार्की पराजित भएका छन् ।

शिक्षण पेशाबाट बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष हुँदै आएका धोबी २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष पदको उम्मेदवार थिए । २०६३ देखि राजनितिमा लागेका धोबीले वडाध्यक्ष भएपछि आफ्नो समुदायका सवाललाई जोड दिएर उठाउने बताए ।

‘अझै पनि उच्च बर्गहरुलाई एउटा धोबीलाई वडाअध्यक्ष बनाएपछि नमस्कार गर्नुपर्छ भन्ने डर छ,’ उनले भने, ‘यो भ्रम चिर्न पनि मैले यो आँट गरेको हुँ । मध्यम वर्गीय समुदायमा समस्या छैन । तर उच्च बर्गमा अझै यो अवस्था कायमै छ ।’

उनले आफुले भेदभाव रहित समाज निर्माणमा लाग्न चाहेको बताए ।

‘भाोट दिनेलाइ मात्र सेवा दिने परिपाटीको अन्त्य गर्न चाहान्छु,’ उनले भने । यो वडामा मात्र २५० परिवार धोबीको बसोबास छ । उपमहानगरभित्र मात्र २ हजार भन्दा बढी धोबी बसोबास गर्छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×