धनगढी–१ मा कांग्रेसका मुडभरी निर्वाचित


धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–१ को वडाध्यक्षमा सनतोस मुडभरी निर्वाचित भएका छन् । जारी मतगणनाका क्रममा वडा नं. १ को अध्यक्षमा कांग्रेस उम्मेदवार मुडभरीको प्यानलै निर्वाचित भएको हो । उनले १ हजार १८६ मत प्राप्त गरेका छन् ।



त्यस्तै, महिला सदस्यमा सत्यादेवी जोशी, दलित महिला सदस्यमा सरस्वती कोली, खुलातर्फ सदस्यमा डम्बरनाथ जोशी र धर्मराज उपाध्याय निर्वाचित भएका छन् ।