कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अपीहिमाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा गठबन्धनको जित

मनोज बडू

दार्चुला — दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । 

अपीहिमाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा गठबन्धनको जित

मतगणना परिणामअनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए ।

उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् ।

त्यस्तै गाउपालिकाका ६ वटै वडाहरूमा नेकपा (एमाले)का उम्मेद्वारहरूलाई पराजित गर्दै गठबन्धन दलबाट उम्मेदवार दिएकाहरू निर्वाचित भएका छन् । १ नम्बर वडामा गठबन्धन दल कांग्रेसका पोखरसिंह लोथ्याल, वडा नम्बर २ मा कांग्रेसकै रामसिंह धामी, वडा नम्बर ३ मा कांग्रेसका गगनसिंह कार्की, वडा नम्बर ४ मा माओवावादी केन्द्रका रवीन्द्रसिंह जागरी, वडा नम्बर ५ मा माओवादी केन्द्रका राजेन्द्रसिंह धामी र वडा नम्बर ६ मा माओवादीकै धनसिंह धामी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?