एक सय मत गन्दा १२० को परिणाम सुनाएपछि भीमदत्तमा मतगणना रोकियो- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सय मत गन्दा १२० को परिणाम सुनाएपछि भीमदत्तमा मतगणना रोकियो

भवानी भट्ट

कन्चनपुर — भीमदत्त नगरपालिकामा मतगणना रोकिएको छ । यहाँ शनिबारदेखि नै मतगणना जारी छ । तर, वडा नं. २ को १३ सय मतगणनाको नतिजा सार्वजनिक गर्दा विवाद सिर्जना भएको हो । विवादका कारण मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयका ताराप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार १०० मत गणना गरिएको, तर १२० को परिणाम सार्वजनिक गरिएको भन्दै राप्रपा र माओवादी केन्द्रका प्रतिनिधिले विवाद गरेपछि मतगणना रोकिएको हो । यहाँ ४ हजारर २५७ मत खसेको छ ।


प्रकाशित : जेष्ठ १, २०७९ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

नारायण नगरपालिकामा पुन: गणना गर्नुपर्ने मागपछि मतगणना अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — दैलेखको नारायण नगरपालिका वडा नम्बर २ को मतपरिणाम पुन: गणना गर्न नेपाली कांग्रेसले माग गरेपछि गणना कार्य रोकिएको छ ।

मतगणना स्थलमा नेकपा एमालेका कार्यकर्ताले गणना भएको परिणाम नै सार्वजनिक गर्न भन्दै जुलुस गरेका छन् । कांग्रेस प्रतिनिधिहरु अहिले मतगणना स्थानबाट बाहिरिएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×