अछामको रामारोशन-२ मा माओवादी केन्द्रका परियार निर्वाचित- सुदूरपश्चिम - कान्तिपुर समाचार

अछामको रामारोशन-२ मा माओवादी केन्द्रका परियार निर्वाचित

कान्तिपुर संवाददाता

अछाम — अछामको रामारोशन गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।

यसअघि रामारोशन -१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने  उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए । 


गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् । वडा नं. १ मा एमालेका मिनराशी गुरुङ १ सय ६४ मतका साथ निर्वाचित भएका छन् ।

प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याएकी छन् । वडा नं. २ मा एमालेका रवि गुरुङ १ सय मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् । वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् । एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।

वडा नं. ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् । वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षका प्रत्यासी स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याएका छन् ।

वडा नं. ९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याएका छन् । मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×