मतदान गरेर फर्किँदै गर्दा वृद्धको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार

मतदान गरेर फर्किँदै गर्दा वृद्धको मृत्यु

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४ मा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ ।

महेन्द्र नमुना मावि मतदान केन्द्रमा मतदान गरेर घर फर्किरहेका स्थानीय ७८ वर्षीय पदमसिंह बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदान गरी फर्कने बेला एक्कासी बेहोस भएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुमको मेन्छ्यायेममा मतदान स्थगित

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

सत्ता गठबन्धन दलका कार्यकर्ताले एकाघरका परिवारभन्दा बाहिरका व्यक्तिलाई पनि मतदाताले इच्छाएको व्यक्ति आफू भएको भन्दै मतदान गर्न आएपछि विवाद सृजना भएको हो ।

मतदान अधिकृत विष्णुप्रसाद पोखरेलले अपरान्ह १ः३० बजे देखि दुवै पक्षलाई राखेर आपसी सहमति गराउने प्रयास गरेपनि सहमति हुन नसकेको बताए । सहमति नभएपछि अहिले मतदान स्थगित भएको छ ।

सो मतदान केन्द्रमा ८ सय ६० मतदाता छन् । तीमध्ये अपरान्ह १ : ३० बजे सम्ममा ३ सय ६० मतदाताले मात्र मतदान गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×