बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा कोदालोले हिर्काउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका —७ मनकुडामा अन्दाजी २७ वर्षका श्यामबहादुर ऐर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार छिमेकी २९ वर्षीय वीरसिंह ऐरले कोदालोले हिर्काउँदा शुक्रबार दिउँसो उनको मृत्यु भएको हो ।

खानेपानीको विषयमा विवाद हुँदा वीरसिंहले कोदालो प्रहार गरेका जिल्ला प्रहरी प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मृतकको छातीमा गम्भीर चोट लागेको थियो । वीरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित : वैशाख २३, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?