कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाइँदै

‘अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छौं’
मेनुका ढुंगाना

अछाम — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा सुरक्षा व्यवस्था, मतदान केन्द्र र गणनास्थलको अवस्थाबारे अनुगमन भइरहेको छ । मुख्य निर्वाचन अधिकृत र जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोलीले जिल्लाभर अनुगमन थालेको हो ।

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाइँदै

स्थानीय तह निर्वाचनमा जिल्ला सुरक्षा समितिले ५५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको छ । जिल्लामा २०७ मतदान केन्द्रमध्ये ५५ लाई अति संवेदनशील, ५४ संवेदनशील, २१ सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा १ सय ३० मतदानस्थल छन् । मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको उनले बताए । ‘विगतको स्थानीय तहको निर्वाचन समीक्षा, भूगोल, सुरक्षाको अवस्था र बाटोको पहुँचको अवस्था हेरेर ३ भागमा वर्गीकरण गरेका छौं । अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छौं र त्यहाँ अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा काम गरिरहेका छौं,’ उनले भने, ‘निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि र्‍यालीसम्म सुरक्षा व्यवस्था तयार पारेका छौं ।’

मतदानस्थलको सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी मरासेनीको भनाइ छ । उनका अनुसार मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् । भौगोलिक विकटता, सहज रूपमा सवारीसाधनको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको प्रजिअ मरासेनीले बताए । निर्वाचनलाई मध्यनजर गर्दै उक्त अवधि भर लाइसेन्स प्राप्त हातहतियार बुझाउन सूचना जारी गरिएको छ ।

‘प्रारम्भिक स्थलगत निरीक्षणअनुसार मतपत्र र मतपेटिका गाडीबाट नै ढुवानी गर्न सक्ने अवस्था देखिन्छ । हेलिकोप्टर नै मगाउनुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन,’ उनले भने । जिल्ला निर्वाचन कार्यालयका अनुसार अछाममा १ लाख ५६ हजार २ सय ८० मतदाता संख्या छ । ०७४ सालको निर्वाचनभन्दा यो पटक २८ हजार ५ सय ४० मतदाता संख्या थपिएको छ । २०७४ को निर्वाचनमा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा ३७ हजार ५ सय ५५ मतदाता निर्वाचनमा सहभागी नभएको तंथाक छ ।

प्रकाशित : वैशाख १९, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?