भाइबुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाइबुहारीलाई बलात्कार गर्ने ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पीडितको परिचय खुल्ने भएकाले अभियुक्तको नाम गोप्य राखिएको र उनी सरकारी कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ । जेठाजु नाता पर्ने अभियुक्तले चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र पसेर हात र मुख च्यापी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपित केदारस्युँ गाउँपालिकाको देउरा बजारमा घुमिरहेको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डीएसपी ज्ञानबहादुर विष्टले बताए ।

पीडितले अभियुक्तको श्रीमती (जेठानी) को सहयोगमा प्रहरीमा उजुरी दिएकी हुन् । बलात्कृत महिलाको स्वास्थ्य परीक्षणपछि सुरक्षित महिला आवास गृहमा राखिएको छ । भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत बझाङले ३ दिनको म्याद थप गरेको र अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रकाशित : चैत्र १५, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?