२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैलाली कांग्रेसको सभापतिमा भट्ट निर्वाचित

मोहन बुडाऐर

धनगढी — नेपाली कांगेस कैलाली सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोसो चरणबाट भट्ट विजयी भएका हुन् ।

कैलाली कांग्रेसको सभापतिमा भट्ट निर्वाचित

पहिलो चरणमा ९७ मतले पहिलो भएका प्रकाश बहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । भट्टले एक हजार ३ सय ५९ मत ल्याएर बमलाई पराजित गरेका हुन् । बमले एक हजार ९६ मत पाए ।

पहिलो चरणमा तीन जना उम्मेदवार थिए । संस्थापन पक्षकै दुई जना उम्मेदवार बम र भट्टबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो । पहिलो चरणबाट संस्थापन इतर समूहका रामबहादुर कलेलले १ सय ९७ मत मात्रै प्राप्त गरेका थिए ।

निर्वाचन समितिले बिहीबारबाटै जिल्ला समितिका अन्य पदाधिकारी र सदस्यमा भएको निर्वाचनको मतगणना हुने भएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?