१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दार्चुलामा विद्यार्थीलाई खोप

दार्चुला — दार्चुलामा विद्यालयमा अध्ययनरत १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । बिहीबारदेखि जिल्लाका विद्यालय सञ्चालन गरी कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा २३ गतेसम्म दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दार्चुलामा विद्यार्थीलाई खोप

विद्यार्थीलाई खोप लगाउन विद्यालय र विद्यालयनजिकका स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र राखेर मोडर्नाको दोस्रो मात्रा खोप दिइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । ‘तीन/चार दिन अगाडि नै खोप केन्द्रमा खोप पठाइसकेका छौं,’ उनले भने, ‘अहिले २० हजार डोज खोप जिल्लामा प्राप्त भएकोले अघिल्लो पटक छुट भएका विद्यार्थीहरूलाई पनि खोप लगाइनेछ ।’

पुसमा जिल्लाका १४ हजार ५ सय ३७ बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो । स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप २३ गतेसम्म सञ्चालन गरिनेछ । मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित : माघ २२, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?