माइत हिँडेकी महिला छोरीसहित मृत भेटिइन्

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–८ स्थित तल्चौरस्थित आमाछोरी मृत अवस्थामा भेटिएका छन् । सोही नगरपालिका–७ बोहरीगाउँ घरबाट शुक्रबार दिउँसो माइत जान हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट आफ्नी छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एक वर्षीया छोरीलाई साथमा लिएर घरबाट माइत जान्छु भन्दै हिँडेकी बिष्ट छोरीसँगै मृत भेटिएकी हुन् । घटनापछि प्रहरीले यसबारे छानबिन गर्ने जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टका अनुसार मृतक महिलाको माइती घर बैतडीको दोगडाकेदार गाउँपालिकाको न्वालीमा छ ।

प्रहरीका अनुसार घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव गोकुलेश्वर अस्पताल लगिएको छ । ‘घटना के, कति कारणले भएको हो, यसबारे मृतकको पोस्टमार्टमको रिपोर्ट आएपछि थाहा हुन्छ’, प्रहरी निरीक्षक बिष्टले भने, ‘घटनाको अनुसन्धानमा प्रहरी जुटेको छ ।’

प्रकाशित : माघ १४, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?