महाकालीमा बगेर युवाको मृत्यु

मनोज बडू

दार्चुला — खानेपानीको अभावका कारण शुक्रबार दिउँसो महाकाली नदी किनारमा नुहाउन गएका एक जना युवाको बगेर मृत्यु भएको छ । ब्यास गाउँपालिका–४ सुन्सेरा घरभई हाल सदरमुकाम खलंगा बस्दै आइरहेका २१ वर्षीय सुवास कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकाली नदीमा नुहाउने क्रममा बगेका कुँवरको उद्धार गरेपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका सूचना अधिकारी माधव विश्वकर्माका अनुसार मृतक कुँवर बजारमा डेरा गरी कम्प्युटर सिकिरहेका थिए । नदीमा बगेको जानकारी पाएपछि स्थानीय युवा, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगी दिउँसो १ बजे जीवितै उद्धार गरी कुँवरलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको भए पनि अस्पतालमा डाक्टरहरुले दिउँसो २ बजे मृत घोषित गरेका हुन् ।

स्थानीयका अनुसार बङ्गाबगरबाट बगेर रिङ्नेताल नजिक करिब तीन सय मिटर तल उद्धार गरिएको हो । पानीभित्र ढुंगाको कापमा अड्किएको अवस्थामा दुहु गाउँपालिका–५ मखमालीका अमरसिंह कुँवरले नदीमा पौडी काटेर महाकालीको बीच भागबाट जीवितै बगेका युवकलाई निकालेको स्थानीय भोजराज जोशीले बताए । मृत्युपछि युवकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?