२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, चार घाइते

तृप्ति शाही

बैतडी — बँदेलको आक्रमणबाट घाइते भएका बैतडी दोगडाकेदार गाउँपालिका घरडीका एक वृद्धको मृत्यु भएको छ । आक्रमणबाट दोगडाकेदार गाउँपालिका-१ घोरडीका ७५ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो।

बँदेलको आक्रमणबाट घाइते जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनका भतिजा नवीन जोशीले बताए । जोशीको शरीरभर बँदेलले टोकेर घाउ बनाएको थियो ।

सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको बँदेलले चार जनालाई घाइते बनाएको थियो । घाइतेमध्ये स्थानीय ५० वर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जोशीले बताए ।

यस्तै बँदेलको आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ ।

प्रकाशित : माघ ११, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?