भारतीय सीमाबाट हुने आवागमनमा कडाइ

भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आकस्मिक कामबाहेक भारतको सीमाबाट हुने आवागमन कडाइ गर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारदेखि सामान्य किनमेलका लागि हुने आवागमनलाई रोक लगाउने निर्णय गरेको हो ।

भारतीय सीमाबाट हुने आवागमनमा कडाइ

रोजगारी, उपचार लगायत अत्यावश्यक कामका लागि हुने आवागमनमा भने कुनै रोक नलगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सीमा क्षेत्रमा स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र भान्सारकर्मीहरू समेत संक्रमित भएपछि नाकामा हुने आवागमनमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले बताए ।

‘खासगरी साइकलमा हुने मालसामान ढुवानीलाई नियन्त्रण गर्न खोजिएको हो,’ उनले भने, ‘साइकलमा हुने क्यारिङले संक्रमणको जोखिम बढेको छ ।’

गड्डाचौकी नाकामा दैनिक तीन/चार सयको संख्यामा स्थानीय सीमावर्ती बजारबाट महेन्द्रनगर तथा आसपासका बजारसम्म मालसामान ढुवानी हुने गर्छ ।

प्रकाशित : माघ ९, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?