१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महाकाली अस्पतालमा सामान्य अवस्थाका बिरामी नआउन आग्रह

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । कोरोना संक्रमणले स्वास्थ्यकर्मीसँगै सर्वसाधारणसमेत प्रभावित भएकाले जोखिम बढ्न सक्ने भन्दै सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नआउन आग्रह गरेको हो । 

महाकाली अस्पतालमा सामान्य अवस्थाका बिरामी नआउन आग्रह

बिहीबारसम्म महाकाली प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । लक्षणमात्रै देखिएको स्वास्थ्यकर्मीको संख्या अझ बढी छ । यस्तो अवस्थामा अन्य बिरामीलाई समेत संक्रमण फैलन सक्ने भएकाले सामान्य अवस्थामा अस्पताल नआउन आह्वान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

उनका अनुसार अहिले महाकाली प्रादेशिक अस्पताल आउने बिरामीमध्ये अधिकांश बिरामी संक्रमित छन् । उनका अनुसार बिहीबारमात्रै आकस्मिक कक्षमा ३५ जना संक्रमित भर्ना भएका छन् । जिल्लामा कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ‚ जसका कारण विभिन्न सेवाहरू बन्द हुँदै आएका छन् ।

बुधबारमात्रै जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।

प्रकाशित : माघ ६, २०७८ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?