१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको सिगास-९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो । 

बिहीबार साँझ ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनका अनुसार चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको बुझिएको छ ।

उनी ट्याक्टरका चालकसमेत थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रहरी टोली गएको छ ।

प्रकाशित : माघ ६, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?