धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा आईतवार सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार विदा दिइएको बताए । जोशीका अनुसार माघ संक्रान्तिमा संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले आइतबार थप एक दिन सार्वजनिक विदा दिएको हो ।
काठमाडौँ — सरकारले आइतबारदेखि कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरहरूलाई कोभिड विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ ।
फाइल तस्बिर : रोयटर्स
उक्त खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट नै दिइने छ । कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने ९ लाख ४९ हजार ८ सय ८७ जनालाई आइतबारदेखि कोभिड विरुद्धको बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
हाल फ्रन्टलाइनर अन्तर्गत बुस्टर मात्रा खोप पाउनेहरूमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सबै कर्मचारी रहेका छन् । यस्तै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी सहित सबै सुरक्षाकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले समेत थप मात्रा पाउने छन् ।
सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत थप मात्रा दिइने छ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको डा.अधिकारी बताउँछन् ।
सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्धरोगीहरूका लागि समेत बुस्टर डोज खोप लगाउने तयारी गरेको छ ।