१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बझाङमा जिप दुर्घटना हुँदा एककाे मृत्यु

बझाङ — जयपृथ्वी नगरपालिकामा भएकाे शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

बझाङमा जिप दुर्घटना हुँदा एककाे मृत्यु

नगरपालिकाकाे वडा नं १, कैलाशबाट सदरमुकाम चैनपुर आउँदै गरेको सु. प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्ताेलीमा दुर्घटना भएको थियोे ।

जिप दुर्घटनामा सख्त घाइते भएका सवारीधनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ । दुर्घटनामा सिंहको छातीमा गम्भीर चोट लागेकाेले उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएकाे उनका आफन्तले उकेस सिंह बताए ।

मोर्ताेलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानीय उत्तम साउदले बताए । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।

प्रकाशित : माघ १, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?