२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

रासस

कञ्चनपुर — नेकपा (एमाले) कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्ट २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल)ले १८३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन् । सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भएका छन् । भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गरेका छन् । सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाएका छन् ।

यस्तै उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भए । चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गरेका छन् । उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन् । जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तत: निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत शुक्रबार जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । अधिकांश जिल्लामा सहमतिका आधारमा नै नेतृत्व चयन भएको छ ।

प्रकाशित : पुस २८, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?