१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट निर्वाचित

भवानी भट्ट

कञ्चनपुर — नेकपा (एमाले) कञ्चनपुरका अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । विष्टले वर्तमान अध्यक्ष वीरबहादुर थापा पातललाई ९८ मतान्तरले पराजित गरेका हुन् । 

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट निर्वाचित

बुधबार अबेर सार्वजनिक मत परिणामअनुसार विष्टले २८१ र थापाले १८३ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारीमा पनि विष्ट प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । विष्ट भीमदत्त नगरपालिका नगर प्रमुख हुन् । उनी वर्तमान कार्यसमितिका सचिवसमेत हुन् ।

उपसभापतिमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट र उपसचिवमा कर्णबहादुर चन्द तथा फैरु तामाङ विजयी भएका छन् ।

पुस २३ गते आठौं जिल्ला अधिवेशन उद्घाटन भएको थियो । त्यसपछि सहमतिका लागि ४ दिनसम्म प्रयास गर्दा पनि असफल भएपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । मंगलबार राति भएको मतदानमा ४९९ मतदाता भए पनि ४७० मत खसेको थियो ।


प्रकाशित : पुस २८, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?