अछाममा मिलमा बेरिएर महिलाको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाममा मिलमा बेरिएर महिलाको मृत्यु

रासस

अछाम — अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिंदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

८ अर्बको सेयर कारोबार, ४ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कुल ८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि बजारको परिसूचक नेप्से भने घटेको छ । नेप्से ३०.५ अंकले घटेसँगै २८०३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको मूल्य बढेको छ भने १५८ को घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

बैंकिङ २२, विकास बैंक १२२, फाइनान्स ५७, होटल तथा पर्यटन ७८, जलविद्युत ६, जीवन बीमा १८९, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६६ र अन्य उपसमूह ७६ अंकले घटे । व्यापार २०, उत्पादन ६ र लगानी उपसमूह २ अंकले बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट, निफ्रा, नारायणी डेभलपमेन्ट र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो । हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशतले घट्यो । नेपाल बंगलादेश बैंक उच्च कारोबार रकमका आधारमा अगाडि रह्यो ।


प्रकाशित : पुस २८, २०७८ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×