मन्त्री प्रेम आले चढेको गाडी निजी कारसँग ठोक्कियो- सुदूरपश्चिम - कान्तिपुर समाचार

मन्त्री प्रेम आले चढेको गाडी निजी कारसँग ठोक्कियो

अर्जुन शाह

धनगढी — संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ । राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार गाडीमा क्षति पुगे पनि मन्त्री आलेसहित उनको गाडीमा सवार सबै सकुशल रहेका छन् । ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २७, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गरेर मंगलबार स्वदेश फर्केका छन् । शर्मा पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता आइतबार भारत गएका थिए ।

नेपाली सेनाका अनुसार शर्माले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रकाशित : पुस २७, २०७८ २०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×