हत्याको विरोधमा राजमार्ग अवरुद्ध

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिकाका–९ का अर्जुन दासको हत्याको विरोधमा कैलालीको लम्कीमा शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

हत्याको विरोधमा राजमार्ग अवरुद्ध

दोषीलाई पक्राउ गरी कारबाही गर्न दबाब दिन राजमार्ग अवरुद्ध पारेको मृतक अर्जुनका आफन्तले बताएका छन् । अर्जुन दासको हत्याको विरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग साँझ ४ बजे सम्मका लागि अवरुद्ध गर्ने बताएका छन् ।

अपराधीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, मृतक अर्जुन दासलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पीडितका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, अमरावती सामुदायिक बनमा १० कट्ठा जग्गा छुट्याइ अर्जुनको सालिक निर्माण गर्नुपर्ने, अमरावती सामुदायिक बनको नाम परिवर्तन गरी अर्जुन दास सामुदायिक बन राख्नुपर्ने लगायतका आफूहरुको माग रहेको परियारले बताए ।

प्रकाशित : पुस ९, २०७८ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?