कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हत्याको विरोधमा प्रदर्शन

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका करिब २५ वर्षीय अर्जुन दासको हत्याविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुर अगाडि मंगलबार प्रदर्शन भएको छ । मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

हत्याको विरोधमा प्रदर्शन

दासको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शनिबार अमरावती सामुदायिक वनमा फेला परेको थियो । शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीले जानकारी पाएको थियो ।

प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए । दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले कमल साउदलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रकाशित : पुस ६, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?