सामुदायिक वनमा युवकको शव भेटियो

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका करिब २५ वर्षीय अर्जुन दास दुवै हात बाँधेर घाँटी रेटेको अवस्थामा मृत अवस्थामा भेटिएका छन् ।

अमरावती सामुदायिक वनमा दुवै हात बाँधेर घाँटी रेटिएको अवस्थामा उनी भेटिएको जानकी गाउँपालिका–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले बताए ।

वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । पछि प्रहरीलाई जानकारी दिइएको बताइएको छ ।

शुक्रबार घरबाट निस्केका उनी अवेरसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीकहाँ निवेदन दिएका थिए । अनुसन्धानका लागि मृतकको शव जंगलमै रहन दिएको प्रहरीले जनाएको छ ।

साथै अनुसन्धानका लागि कुकुरको पनि प्रयोग हुने बताइएको छ । हत्याको कारण अनुसन्धानपछि मात्र पत्ता लाग्ने प्रहरीले बताएको छ ।

प्रकाशित : पुस ३, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?