१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विपद् पीडितलाई सहयोग 

बझाङ — बझाङ जिल्ला पुर्ख्यौली घर भएर कैलालीमा बस्दै आएकाहरु र जिल्लाका डाक्टरहरुले संकलन गरेको राहत बझाङका विपद् पीडितहरुलाई वितरण गरिएको छ ।

विपद् पीडितलाई सहयोग 

सुर्मा देवी बझाङी समाज कैलाली र देशभर छरिएर रहेका बझाङका डाक्टरहरुको संगठन बझाङी डक्टर्स ग्रुपले संकलन गरेको १० लाख बढी रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट जिल्लामा धेरै धनजनको क्षति भएकाले जिल्लाबासीहरुको पीडा कम गर्न राहात संकलन गरी वितरण गरिएको दुवै संस्थाले जनाएका छन् ।

यस्तै, बझाङी डक्टर्स ग्रुपले संकलन गरेको राहत बझाङको खप्तड छान्ना गाउँपालिकाका विपद् पिडितलाई हस्तान्तरण गरिएको छ ।

डाक्टरहरुको समूहले चार लाख तीनहजार बराबरको रकम राहत स्वरुप वितरण गरेको हो ।

प्रकाशित : मंसिर २२, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?