एनआरएनए अष्ट्रेलियाद्वारा बझाङका विपदपिडितलाई राहत

बझाङ — कार्तिक पहिलो साताको बेमौसमी वर्षा पछि आएको बाढी र पहिरोमा परेर घरबार विहिन भएका विपदपिडितलाई गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले राहत दिएको छ । एनआरएनए अष्ट्रेलियाले बझाङको खप्तडछान्ना र जयपृथ्वी नगरपालिकाका पिडितहरूलाई राहत प्रदान गरेको हो ।

एनआरएनए अष्ट्रेलियाद्वारा बझाङका विपदपिडितलाई राहत

विपदपछि समस्यामा परेका खप्तडछान्ना गाउँपालिकाका ३२ परिवार पिडितहरूलाई क्षतिको अवस्था हेरेर दुइहजार देखि नौ हजार सम्म नगद रकम र सबै पिडित परिवारलाई ब्लाङकेट र म्याट्रेस उपलब्ध गराइएको हो । यस्तै जयपृथ्वी नगरपालिकाका ४२ परिवारलाई प्रति परिवार ५० किलो चामल र न्यानो ब्लाङकेट राहत स्वरुप उपलब्ध गराइएको हो ।

बझाङमा कार्यरत स्थानीय गैर सरकारी संस्था सामाजिक विकास केन्द्र नेपाल मार्फत उक्त राहत पिडितहरूलाई वितरण गरिएको थियो । खप्तड छान्ना गाउँपालिका ४ का कार्यवाहक वडाअध्यक्ष जानकी रोकाया लगायतको उपस्थितीमा पिडितहरुलाई राहत वितरण गरिएको थियो भने जयपृथ्वी नगरपालिकाका १, मा वडाअध्यक्ष गगनबहादुर सिंहलगायतको उपस्थितीमा राहत वितरण गरिएको अध्यक्ष गौरी चन्दले जानकारी दिइन ।

एनआरएनए अष्ट्रेलियाले पठाएको ४ लाख १४ हजार र सामाजिक विकास केन्द्र नेपालको ५० हजार गरी चार लाख ६४ हजार रकम बरावरको राहतपिडितलाई दिइएको अध्यक्ष चन्दले बताईन । अष्ट्रेलिया रहेका नेपालीहरू र त्यहाँ कार्यरत नेपाली संघ संस्थाहरूबाट बझाङका विपद पिडितहरूका लागि सहयोग संकलन गरिएको एनआरएनए अष्ट्रेलियाकी सचिव सन्ध्या शाहले बताईन् ।

प्रकाशित : मंसिर २२, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?