१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माओवादी केन्द्र दार्चुलाको पालिका अधिवेशन सम्पन्न

दार्चुला — नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै सबै स्थानीय नेतृत्व चयन गरेको हो ।

अपि हिमाल गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेको माओवादी केन्द्रले लेकम गाउँपालिकाको सम्मेलन आइतबार सम्पन्न गरेको छ । त्यहाँ उमाकान्त बिष्ट अध्यक्ष चयन भएका छन । त्यस्तै, पालिका अधिवेशनले महाकाली नगरपालिकामा गणेश खत्रीलाई अध्यक्षमा चुनेको छ । खत्री नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण हुँदासमेत खत्री जिल्ला संयोजक रहेका थिए ।

त्यसैगरी, शैल्यशिखर नगरपालिका अध्यक्षमा कर्ण भण्डारी, व्यास गाउँपालिकामा विपिन कुँवर, दुहु गाउँपालिकामा मनोरथ भट्ट, मालिकार्जुन गाउपालिकामा कल्यानसिंह धामी, नौगाड गाउँपालिकामा धनिराम ठगुन्ना, मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट र अपि हिमाल गाउँपालिकामा कलकसिंह बोहोरा अध्यक्षमा चयन भएका छन् । जिल्ला संयोजक तोकिएपछि नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति गठन हुनेछ । समन्वय समितिमा ९ वटै स्थानीय तहका अध्यक्षहरू सदस्य सचिवको भूमिकामा हुनेछन् । माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते धनगढीमा हुँदै छ ।


प्रकाशित : मंसिर २१, २०७८ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?